• २०८३ जेष्ठ १ गते शुक्रवार

 समाजवादी र राजपाको पार्टी एकता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।  झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहनेछ ।

सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् । पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

 सहमती पत्र

Sharing

प्रतिक्रिया दिनुहोस