आफ्नो सन्तान यँहा भराए पछि,
उसैले हाम्रा युवालाई मराए पछि।
हाम्रो देश कमजोर त हुँनेनै भयो,
शासक हरु पनि सबै डराए पछि।
रहन सहन र पहिरन उतैको हुँदा,
मेला पर्व समेत कतै हराए पछि।
बिदेशको जस्तै रहन सहन भयो,
भेशभुषा उतैको मन पराए पछि।
बिस्तारै सरोबरी हुँन थाल्यो हेरौँ,
साँस्कृति नि बिदेशी सराए पछि।
हुँन्छ बिकास कसोगरी भन्नुहोश,
युवाशक्तिनै शमुन्दर तराए पछि।
देशलाई टुक्रा टुक्रा पार्न तम्सेका,
छिमेकले लैण्डुवहरु भराए पछि।
ए साथि एकता हुँनै सकेन हाम्रो,
सत्ता भत्ताको लागि कराए पछि।
सेतेलाई कति लेख्छ न भन्नु मित्र,
आउँनेरैछ बिचार मुटु चराए पछि।