• २०८३ असोज ६ गते मङ्गलवार

केपी ओली कप फुटबल च्याम्पियनसिप : दिल्ली एफसीलाई ३–१ लाई हराउँदै मानेभन्ज्याङ्ग विजयी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपमा आज भएकाे खेलमा मानेभन्ज्याङ्ग एफसीले दिल्ली एफसीलाई ३–१ लाई हराएकाे छ । याे जितसगैं मानेभन्ज्याङ्ग एफसी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलकाे २७ औं मिनेटमा दिल्ली एफसीका आर्यन अमलाको गोल गरेपनि खेलको ३५ औं मिनेटमा मानेभन्ज्याङ्ग एफसीका एन्सेट जिनबुमीले बराबरी गोल फर्काए । पहिलो हाफ सकिन ६ मिनेटअघि सोरुखले मानेभन्ज्याङ्गको अग्रता २–१ ले बढाए । दोस्रो हाफको ७४ औं मिनेटमा सेभिलीले गोल गर्दै मानेभन्ज्याङ्गको जित निश्चित गरेका थिए ।

मानेभन्ज्याङ्गले फाइनल प्रवेशका लागि मछिन्द्र र नेपाल पुलिस क्लबबीचको विजयीसँग खेल्ने छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा दुई विदेशी सहित १० टिम सहभागी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस