• २०८३ जेष्ठ ६ गते बुधवार

के तपाई कसैको तस्वीरको स्वरुप परिवर्तन गदै हुनुहुन्छ ? होशियार !

बालाकृष्ण गजुरेल पढ्न लाग्ने समय : ४ मिनेट

आजकाल सामाजिक सञ्जालहरुमा धैरे देखिएका विषय हुन अरुको तस्वीरलाई बिगारेर वा सो तस्वीरमा अन्य कुनै व्यक्ती, जनावर वा अरु त्यस्तै प्रकारको आकृतीहरु जोडेर कुनै व्यक्तीको चरित्रमाथी धावा वोल्ने वा मजाकको विषय बनाई सो कार्यबाट आनन्दलिने जमातहरुको एक प्रकारको आतंकनै देखिएकोछ भन्दा सायदनै फरक नपर्ला । अझ विषेशरुपमा राजनितिक व्यक्तीत्वहरुमा त यो बाङ्ग्यातम प्रहार भन्दै अपमान गर्ने त एउटा फेशन जस्तै बनिरहेको आम विषय नै रहेको छ ।

विरोधको स्वरुप फरक हुन्छन् तर कुनै व्यक्तीमाथीको मजाक भने कसैको प्रतिष्ठा विरुद्धको विषय हुन जाने कुरामा थोरै मात्र जानकार हुनुले पनि यस्तो प्रहार परेको आकलन सहजै गर्न सकिने विषय हो । जब कसैको प्रतिष्ठामा आँच आउने सवाल आउँछ त्यो कदापि क्षमा योग्य हुन भने सक्दैन ।

अरुको चरित्रमा हवाला बोल्नु अघि यस्ता गलत गतिविधी चलाउनेहरुले ख्याल पुराउन भुलेको विषय कानुनद्धारा वर्जित रहेका छ या छैन ?
कानुनको सर्वमान्य सिद्धानतनै हो कानुनको अज्ञानता माफ योग्य हुदैन तर अरुको चरित्रमा प्रहार गर्नेको साधारण तर्कनै छ यस्तो कार्य कानुनद्धारा वर्जित रहेको थाहा नभएको । यसरी व्यक्तीगत चरित्रलाई अपमान गर्ने कुरा सानो विषय भने होइन तर चरित्र हत्यालाई विरुद्ध

कानुनी उपचार लिने ?

नेपालको संविधानको , २०७२ को भाग ३ नागरिकका मौलिक हक र कर्तव्य धारा २८ बमोजिम गोपनियताको हक को व्यवस्था गरी चारित्रिक गोपनियताको विषय कानुन बमोजिम बाहेक अनतिक्रम्य हुने प्रष्ट उल्लेख गरेको रहेकाछ र सोही व्यवस्थामा रहि मुलुकी अपराध संहिता, २०७४ भाग ३ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसूर अन्तर्गत तस्वीरको स्वरुप परिवर्तन गरी चरित्र वा सामाजिक प्रतिष्ठामा क्षती पु¥याउने कार्यलाई फौजदारी कानुनको उल्लंघन हुने व्यवस्था गरेको पाइन्छ ।

ऐनको दफा २९५ ले अनुमतीबिना कुनै व्यक्तीको तस्वीर खिच्न वा तस्वीरको स्वरुप बिगार्न नहुने भनी प्रष्ट किटान गरेको छ साथै सोही दफाको उपदफा १ ले कसैले कुनै व्यक्तीको अनुमती बिना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखि अर्को तस्वीर बनाउन नहुने व्यवस्था गरी ऐनको उपदफा २ मा यस्तो कसूर गर्ने वा गराउनेलाई एक वर्ष सम्म कैद वा दश हजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुनेछ भनी सजायको व्यवस्था गरेको पाइन्छ ।

ऐनकै दफा २९५ को उपदफा ३ मा कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तीको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गन नहुने व्यवस्था गरी ऐनको उपदफा ४ मा यस्तो कसूर गर्ने वा गराउनेलाई दुई वर्ष सम्म कैद वा बीस हजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुनेछ भनी सजायको व्यवस्था गरेको पाइन्छ ।

साथै वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ समेत यस्तो कार्यलाई आपराधिक कार्य रहेको इन्कीत गरी परिच्छेद ८ मा चरित्र सम्बन्धी गोपनीयता अन्र्तगत दफा १६ मा तस्वीर खिच्न वा बिक्रि गर्न नहुने व्यवस्था गरी यस्तो कार्य गर्ने लाई दण्डित गरेको देखिन्छ । कसैले कुनै व्यक्तीको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षती पुग्ने गरी निजको मञ्जुरीविना निजको तस्वीर खिच्न वा निजलाई बदनाम गर्ने नियतले तस्वीरसँग अरु कसैको तस्वीर राखि जुनसुकै तरिकाले अर्को तस्वीर बनाउन वा एक व्यक्तीको तस्वीरको केही अशं अर्को व्यक्तीको तस्वीरको अर्को अशंसंग मिलाई अर्कै तस्वीर बनाउन वा प्रकाशन गर्न वा सार्वजनिक गर्न वा गराउन हुदैन । यसरी अरुको तस्वीरको तोडमोड वा स्वरुप परिवर्तन गर्नेलाई सोही ऐनको परिच्छेद ११ अन्तर्गत कसुर मानी दण्ड सजायको व्यवस्था गरेको छ । दफा २९ को उपदफा १ (ड) ले कसुर भनेर व्यवस्था गरेकोमा सोही दफाको उपदफा २ ले तीन वर्ष सम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ भनी सजायको व्यवस्था गरेको पाइन्छ ।

अत कुनै व्यक्तिको तस्वीरको स्वरुप वा अशं लाई तोडमोड गरी कुनै व्यक्तीको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षती पुग्ने कार्य कानुनी विरुद्धको कार्य भएकाले कोही कसैले अरु कसैको व्यक्तिगत चरित्र वा सामाजिक प्रतिष्ठामा आँच आउने कार्य फौजदारी कानुनको उल्लघंन हुने भएकाले जानाजान वा अनजानमा समेत यस्तो कार्य गनु अनुचित हुन जान्छ । यदि यस्तो कार्यबाट कुनै व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षती पुग्न गएमा पिडित पक्षले यस्तो कार्य गर्ने व्यक्तीबाट क्षतिपूर्ती भराई लिन सक्ने व्यवस्था समेत गरेको पाइन्छ । ऐनको दफा ३१ ले क्षतिपूर्ती को व्यवस्था गरी उपदफा १ मा यस ऐन अन्तर्गत कुनै कसुर मानिने वा अन्य कुनै काम गरेको कारणबाट कसैलाई कुनै प्रकारको हानी, नोक्सानी हुन गएमा वा क्षती पुग्न गएमा सरोकारवाला वा पीडित व्यक्तीले त्यस्तो हानी, नोक्सानी वा पीडा बापतको क्षतिपूर्ती समेत भराई पाउन सम्बन्धित जिल्ला अदालतमा उजुर गर्न सक्नेछ भनी पीडितलाई क्षतिपूर्ती सहितको न्यायको ढोका खुल्ला गरेको देखिन्छ ।

सन्दर्भ साम्रगी :
नेपालको संविधानको , २०७२
मुलुकी अपराध संहिता, २०७४
वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५
अधिवक्ता बालकृष्ण गजुरेल

Sharing

प्रतिक्रिया दिनुहोस