• २०८३ मङ्सिर २ गते मङ्गलवार

साइबर ब्यूरोको आग्रह- विश्वकप हेर्ने भन्दै अनलाइनमा ठगिबाट बच्नुहोला !

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ६, काठमाडौं । साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत भइरहेको नयाँ प्रकारको अनलाइन ठगीबारे सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । ब्यूरोका अनुसार सामाजिक सञ्जालमा प्रायोजित विज्ञापनमार्फत ‘प्रत्यक्ष विश्वकप हेर्नुहोस्’ भन्ने प्रलोभन देखाई एपीके ढाँचाको अनुप्रयोग डाउनलोड गराउन खोज्ने प्रवृत्ति बढ्दो अवस्थामा देखिएको छ ।

यस्ता अनुप्रयोग डाउनलोड गराएपछि मोबाइलमा रहेका व्यक्तिगत विवरण, बैंकसम्बन्धी सूचना तथा अन्य संवेदनशील जानकारी चोरी हुने जोखिम रहने साइबर ब्यूरोले जनाएको छ ।

ब्यूरोले विशेषगरी अपरिचित लिंक तथा शंकास्पद विज्ञापनमा क्लिक नगर्न र प्ले स्टोर वा अन्य कुनै माध्यमबाट अनुप्रयोग स्थापना गर्दा अत्यन्त सावधानी अपनाउन अनुरोध गरेको छ ।

साइबर अपराधबाट बच्न आधिकारिक माध्यमबाट मात्र अनुप्रयोग डाउनलोड गर्न र कुनै पनि आकर्षक विज्ञापनको भरमा अज्ञात फाइल मोबाइलमा नराख्न ब्यूरोले सुझाव दिएको छ।

May be an image of text that says 'NBTV लाइभ टिभी, समाचार, खेलकुद अन्य.. NB HB सहोधन, सवालि्टीशेट्क जपकररनहसत NBTVAPK №Β tv Android, संस्करन: विश्कप हेबुह्रोस NB मा! मचलचित, 400+ 500K+ कामनलोयहर Donot open unknown files that end in 楽 .apk आातनलोड साउनलोडमडीस्, मनुडोस् आउलोंडहरु! 병다 연한 ( আজम Cips:l21 मे:शुल्क ब्ाउनलोड Downla SCAM ALERT सामाजिक सज्जाल तथा अनलाईनका विमिन्न माघ्यमहरुमा विश्वकप (WorldCup 2026, Live TV) हेनुहोस भन्ने वहानामा शंकास्पद apk file डाउनलोड गर्न लगाई मोबाईल बैकिड एप Hack गरी आर्थिक ठगी गर्नें प्रवृतित बददो हँदा सम्बन्धित प्रयोगकर्ताहरुलाई यसतर्फ सचेत रहन अनुरोध गरिन्द 本川亚具 ซเปนน साइबर ब्यूरो. भोटाहिटी काठमाडाँ 9851286770, 9851286771 "ATHINK oyberbureau@nepalplice.go.np BEFORE YOU CLICK'

Sharing

प्रतिक्रिया दिनुहोस