• २०८३ बैशाख १९ गते शनिवार

सशस्त्र प्रहरीलाई पनि ‘अलर्ट’: एसपी मुनिका सबैलाई बर्दीसहित उपस्थित हुन निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । सशस्त्र प्रहरी बल ले आफ्ना कर्मचारीहरूलाई उच्च सतर्कतामा राख्दै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सोभन्दा मुनिका सबैलाई बर्दीसहित तयारी अवस्थामा बस्न सर्कुलर जारी गरेको छ। प्रधान कार्यालयले जारी गरेको सर्कुलरअनुसार हेडक्वार्टरमा कार्यरत स्वीकृत बिदामा रहेका बाहेक सबै कर्मचारीलाई अनिवार्य रूपमा उपस्थित हुन भनिएको स्रोतले जनाएको छ। उनीहरूलाई एपीएफ रंगशालामा उपस्थित हुन निर्देशन दिइएको छ।

उता, नेपाल प्रहरी ले पनि जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका सबै कर्मचारीलाई बर्दीमा ‘स्ट्यान्डबाइ’ रहन उर्दी जारी गरिसकेको छ। दुवै सुरक्षा निकाय एकैसाथ उच्च तयारी अवस्थामा देखिएका छन्।

यसअघि शुक्रबार साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सँग करिब डेढ घण्टा छलफल गरेका थिए।

सरकारले ‘जेनजी आन्दोलन’ दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा सतर्कता देशभर बढाइएको बुझिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस