• २०८३ जेष्ठ २ गते शनिवार

उत्तर र दक्षिणबीच सोझै सञ्चार गर्न एक वर्षपछि फेरि ‘हटलाइन’ सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ११, एजेन्सी । उत्तर तथा दक्षिण कोरियाले दुई देशबीच उच्च राजनीतिक तहमा आपसी कुराकानी गर्ने सोझो टेलिफोन सम्पर्क हटलाइन फेरि सुरु गरेका छन्। प्योङ्याङले गत वर्ष जुनमा उक्त हटलाइन काटिदिएको थियो।

सोलस्थित राष्ट्रपति कार्यालयले जनाएअनुसार दुई देशका शीर्ष नेताबीच विश्वास बनाउने र सम्बन्ध सुधार गर्ने विषयमा सहमति भएको छ।

ब्लू हाउसका अनुसार उत्तर कोरियाली र दक्षिण कोरियाली नेताबीच एप्रिल महिनादेखि धेरै पटक व्यक्तिगत पत्र आदानप्रदान भएको छ।

दुई देशबीचको उच्चस्तरीय वार्ता असफल भएपछि सम्बन्ध बिग्रिएको बेला उत्तर कोरियाले उक्त फोन काटिदिएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस