• २०८३ जेष्ठ २० गते बुधवार

स्रोत नखुलेको नगदसहित मोरङबाट एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।  मोरङको विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट स्रोत नखुलेको नगद ६ लाख ४९ हजार ५ सय रूपैयाँसहित सोही महानगरपालिका-१८ बस्ने ३९ वर्षीय रबि प्रकाश साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस