श्रावण ३, काठमाडौँ । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको माधव पक्ष आन्तरिक छलफलमा जुटेको हो ।

माधव समूहका एक नेताका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गरिएको हो । छलफलबाट आजै निर्णय लिइने उनले बताए । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्दैछ ।