• २०८३ बैशाख ३ गते बिहिवार

टिपरको ठक्करबाट छोरीको मृत्यु, बुवा घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २,  दाङ   । दाङको देउखुरीमा टिपरले साइकललाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बुवा गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो रा १ ख २०२१ नम्बरको टिपरले साइकल चढेर दाङको भालुवाङतर्फ आउँदै गरेका बाबु–छोरीलाई ठक्कर दीदा गढवा गाउँपालिका १ जुराउनीकी २४ वर्षीया छोरी जमुना कुमालको मृत्यु भएको छ ।

दुर्घटनामा जमुनाका बुवा ५९ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन । उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस