जेठ ९, काठमाण्डौ । नेकपा माओवादी केन्द्र काठमाडौं जिल्लाले आज साँझ ५ मिनेट ब्ल्याक आउट गर्न आह्वान गरेको छ । नेकपा माओवादी केन्द्र काठमाडौं जिल्लाले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध ६ बुँदे अपिल जारी गर्दै ब्ल्याक आउट गर्न आह्वान गरेको हो ।
जिल्ला कमिटी अध्यक्ष हिमाल शर्माले विज्ञप्ती जारी गर्दै जिल्लाका १३८ वटै वडामा कोरोना नियन्त्रण सहयोग समिति बनाएर थप प्रभावकारी काम गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

