जेठ ९, काठमाडौं । १ सय ९१ पत्रकारको कोभिड–१९ को रिर्पोट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको संमन्वयमा आज महासंघमा केन्द्रीय कार्यालयमा अग्र मोर्चामा खटिएर काम गरिरहेका १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड –१९) परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।