फाल्गुन १७, काठमाडौँ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले आज एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल तथा मट्टितलेको मूल्य दुई-दुई रुपैंयाका दरले बढाएको हो ।
आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर कायम भएको छ । ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँमा यथावत राखिएको छ ।
हेर्नुहोस विज्ञप्ती
