• २०८३ बैशाख १९ गते शनिवार

कृष्ण थापा संसदीय दलको नेताबाट पदमुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, कास्की । गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट पदमुक्त गरेको छ । पार्टी निर्णयानुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका उनलाई पदबाट हटाइएको बुधबार संसदीय दल राष्ट्रिय सचेतक पियारी थापाले दलको नेताबाट हटाइएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराएकी हुन् ।

सभामुखलाई बुझाइएको पत्रमा भनिएको छ, “गण्डकी प्रदेशसभा संसदीय दलको नेताको जिम्मेवारीमा रहनुभएको माननीय कृष्ण थापाज्यूले मिति २०७८ वैशाख १० गते आफूसमेतको उपस्थितिमा बसेको दलको केन्द्रको बैठक एवम् १२ गते थापाकै अध्यक्षतामा बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द, जनता समाजवादी पार्टीसहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयका विरुद्ध कार्य गरी दलको निर्णयविपरीत काम–कारबाहीमा संलग्न रहनुभएकालेले निजलाई राष्ट्रिय जनमोर्चा संसदीय दलको नेताबाट हटाउने गरी भएको दलको निर्णयानुसार आजकै मितिदेखि लागु हुने गरी राष्ट्रिय जनमोर्चा संसदीय दलको नेताको विवरणबाट निजको नाम हटाइ सोहीबमोजिको विवरणको जानकारी कार्यान्वयन गराउन अनुरोध छ ।” उनको सांसद पदबारे भने जनमोर्चाले केही निर्णय गरिसकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस