• २०८३ कार्तिक ७ गते शुक्रवार

रवि लामिछाने आज भारत जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत जाँदै छन्। उनी तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेका हुन्।

रास्वपाको निजी सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ।

लामिछाने धनगढी हुँदै भारत जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सकेर उनी स्वदेश फर्किनेछन्।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस