• २०८३ बैशाख २० गते आइतवार

कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त ५ बर्षपछी पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ५, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले कर्तब्य ज्यान मुद्दामा ५ बर्ष कैद सजाय भई हाल सम्म फरार भएका बाँके उढरापुर-२ निवासी सुवास बडुवाललाई पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेले बडुवाललाई २०७० साल ७ असोज २४ गते कर्तब्य ज्यान मुद्दामा ५ बर्ष कैद सजाय सुनाएको थियो । हाल सम्म बाँकेमा ५ सय ३० जना फरार अभियुक्त पक्राउ परेका र यो अभियान निरन्तर चलिरहने जिल्ला कार्यलय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस