चैत २२ , काठमाडौं । नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारी पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई कारबाही स्वरुप जंगी अड्डाले सचेत गराएको हो ।

सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा उनीहरुलाई शुक्रबार सचेत गराइएको सैनिक स्रोतले जनाएबमेछ । उनीहरुलाई पत्रचारसमेत गरिने जंगी अड्डा स्रोतको भनाइ छ ।
सैनिक अधिकारीले अवकास भएको कम्तिमा दुई वर्षसम्म सार्वजनिक रुपमा अभिव्यक्ति नदिने चलन छ । अवकाशपछि पनि पूर्वअधिकारीलाई विभिन्न सेवा सुविधा दिइने भएकाले उनीहरु हत्तपत्त संगठनविरुद्ध बोल्दैनन् ।