कात्तिक १०, काठमाडौं । वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन पाँच सदस्यीय नेपाली खेलाडी टोली आज दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेको छ ।

यही अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट तीन पुरुष र दुई महिला खेलाडी सहभागी हुने छन् । पुरुषमा रोनक उप्रेती, तन्जिङ बर्टिन राई र शुलभ राई तथा महिलामा स्वस्तिका चौधरी र मनीषा बुढा मगर रहेका छन् ।
खेलाडीले बाउडरिङ विधामा प्रतिस्पर्धा गर्ने छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आजै यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो ।