• २०८३ बैशाख ५ गते शनिवार

चिनियाँ नाकाबाट पर्याप्त सामग्री नआउँदा नेपाली व्यवसायी मारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौँ । चिनियाँ नाकाबाट पर्याप्त सामग्री नआउँदा व्यवसायीहरु मारमा परेका छन । पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत विहीबारबाट पुनः सुचारु भएको छ ।

चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकोले व्यवसायीहरु चिन्तित देखिन्छन् ।कोरोना संक्रमण जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ ।  चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउदै थोरै र समान ढिलो आउँदा स्याउ लगाएतका खाद्य सामाग्री कुहीन थालेकोले आफुहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताए ।

नाकालाई पूर्ण रुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्ण रुपमा बन्द गरेर समुन्द्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीहरुको माग गरेका छन् । भन्सार नाका पूर्ण रुपमा सञ्चालनमा नआँउदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल–चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस