• २०८३ मङ्सिर १० गते बुधवार

  सरकारसमक्ष यस्ता छन् प्रगतिशील लोकतान्त्रिक पार्टीका माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले सरकारसमक्ष विभिन्न माग अघि सारेको छ । पार्टीका अध्यक्ष सुदन किराँतीले विभिन्न मागसहितको पत्र प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको जानकारी दिए । उनले बाह्रखरीसित भने, “जेनजी जनआन्दोलनबारे सम्झौतापत्र सम्बन्धमा हामीले माग अघि सारेका छौं । जेनजीको महत्त्वपूर्ण माग अथवा म्यान्डेटलाई हाम्रो पार्टी प्रलोपाले दृढ समर्थन गर्छ ।”

जेनजीले उठाएको जायज मागलाई सरकारले तुत्काल पूरा गरेर आन्दोलनको वैधतालाई अभिलेखीकरण गर्न प्रलोपाले माग गरेको पनि उनले बताए । माग पत्रमा किसानहरूलाई उत्पादनको आधारमा राज्यद्वारा अनुदानको व्यवस्था गर्न पनि भनिएको छ ।

यस्तै, भ्रष्टाचारसम्बन्धी छानबिन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्न पनि प्रलोपाले माग गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस