असोज ७, काठमाडौँ । सरकारले दशैँका लागि असोज १५ पछि यात्रुहरुको चाप र माग अनुसार हवाई उडान थप गर्ने भएको छ ।दशैँ नजिकिएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर उडानको मागअनुसार आन्तरिक र अन्तर्राष्ट्रियतर्फ उडान थप्न दिने भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अहिले आन्तरिकतर्फ देशभर ५५ उडान दिइएको छ । भने बाह्यतर्फ दैनिक १४ एयरलाइन्सले १० मुलुकबाट १४ उडान गरिरहेका छन् । उडान संख्या बढ्दै जाँदा भाडा पनि घट्ने भएकाले सरकारले सबैतर्फ नियमित उडान खुलाउँदै लैजाने तयारी गरेको हो ।