• २०८३ बैशाख ३१ गते बिहिवार

काभ्रेमा एक थान गोलीसहित पेस्तोल बरामद

पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर १४, काभ्रे। काभ्रेमा प्रहरीले एक थान गोलीसहित पेस्तोल बरामद गरेको छ ।

रोशी गाउँपालिका-११ कालढुङगास्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालिबाट म्याग्जिन सहितको पेस्तोल र केएफ ७।६५ लेखिएको १ राउण्ड गोली शुक्रबार राति बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त प्रालिको कार्यालय तथा कामदारहरु बस्न बनाइएको घर टहराभित्र पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा भुइँमा विछ्याइएको डनलपभित्र लुकाइ राखेको अवस्थामा हतियार बरामद गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस