• २०८३ असार १ गते सोमवार

सिंगापुर यात्राको प्रतिक्षामा गोटाबाय राजापाक्षे

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, कोलम्बो। देशको अभूतपूर्व आर्थिक संकटबीच सुरु भएको विद्रोहपछि बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे सिंगापुरको यात्राको प्रतिक्षामा रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले मालेबाट सिंगापुरको लागि निर्धारित सिंगापुर एयरलाइन्सको उडानमा सिंगापुर प्रस्थान भने गरिनसकेको डेली मिररले रिपोर्ट गरेको छ ।

सुरक्षाका कारण उनी सिंगापुर प्रस्थान नगरिसकेको प्राप्त विवरणमा जनाइएको छ । राजापाक्षे, उनकी पत्नी इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू बुधबार राति मालेबाट सिंगापुरका लागि एसक्यु ४३७ मा सिंगापुर जाने अनुमान गरिएको थियो तर सुरक्षा समस्याका कारण विमानमा चढ्न नसकेको सो पत्रिकाले जनाएको छ ।

कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् र पश्चिमी प्रान्तमा कर्फु लगाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस