• २०८३ असार १३ गते शनिवार

भारतमा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३१ ,एजेन्सी। भारतमा पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना नयाँ कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएसंगै कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १८ लाख ७ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५३२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९९० जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ४९ हजार १३४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस