• २०८३ बैशाख १३ गते आइतवार

सुनको मुल्य आज तोलमा १ हजार ९ सय रुपैयाँले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । सुनको मुल्य आज एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले घटेको छ । सुनको मुल्य एक हजार नौ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बिहिवार अहिलेसम्मकै उच्च एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको मुल्य अस्ति शुक्रवार तीन हजार नौ सय रुपैयाले घटेर तोलाको एक लाख ७६ हजार चार सय रुपैयाँमा झरेको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य ७० रुपैयाँले घटेर आज तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ । अस्ति शुक्रवार चाँदी तोलाको एक हजार आठ सय ७० रुपैयाँ थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस