• २०८३ कार्तिक ८ गते शनिवार

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, २२९ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएकाे विवरणअनुसार गण्डकी र लुम्बिनी प्रदेशमा दुई–दुई जना तथा सुदूरपश्चिम प्रदेश र काठमाडौं उपत्यकामा एक–एक जनाको मृत्यु भएको छ।

May be an image of map and text

त्यस्तै, घाइते हुनेमा कोशी प्रदेशमा सबैभन्दा बढी ७८ जना रहेका छन्। मधेश प्रदेशमा ५३ जना, गण्डकी प्रदेशमा २३ जना, काठमाडौं उपत्यकामा १९ जना, सुदूरपश्चिम प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा १७ जना, बागमती प्रदेशमा १५ जना र कर्णाली प्रदेशमा ६ जना घाइते भएका छन्।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस