माघ १५,काठमाडौँ। आज कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । तर नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकममा भने किर्तिमान कायम भएको छ ।
आज नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा झरे पनि कारोबार रकम भने ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ पुगेको छ । आज २०९ वटा कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो । घट्दो बजारमा पनि दुई कम्पनीको शेयर मूल्यमा उच्च बृद्धिका कारण सर्किट लाग्यो भने चार कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढ्न पुग्यो ।