जेठ २४, कर्णाली । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा थप ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् ।
प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो । संक्रमितहरु सबै स्वास्थ्यकर्मीहरुरुको सम्र्पकमा रहनुभएको मन्त्रालयले जनाएको छ ।
यस्तै डोल्पामा कोरोनाबाट थप एकको मृत्यु भएको छ। उनको जेठ २१ गते मृत्यु भएकोमा संकलित स्वाबको नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
