• २०८३ बैशाख ५ गते शनिवार

काठमाडौँ महानगरमा माओवादीलाई लाग्यो झट्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौँ । काठमाडौँबाट माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारसहित ५५ जना एमालेमा प्रवेश गरेपछि माओवादीमा झट्का लागेको छ ।नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद अमगाईंसहित काठमाडौँ महानगरका खेलकुद विकास समिति अध्यक्ष अरुण बस्नेत लगायतको ५५ जनाको समूह एमाले प्रवेश गरेको हो ।

एमाले काठमाडौँले तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजना गरेको कार्यक्रममा अमगाईँ र बस्नेतसहित काठमाडौँका ५५ जना माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिव दीपक निरौलाले जानकारी दिए ।एमालेका बागमती प्रदेश सह इन्चार्ज काशीनाथ अधिकारी, अरुण नेपाल, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, सचिव खेम लोहनी, काठमाडौँ महानगर कमिटी अध्यक्ष निर्मल देउजालगायतले आज एमालेमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलई स्वागत गरेका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस