• २०८० फाल्गुन १० गते बिहिवार

कोरोनाबाट थप एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु भएको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्रालयका अनुसार उनी दम रोगी रहेकामा जेठ १९ गते सुर्खेतमा उपचार गराएर डोल्पा गई होम क्वारेन्टाइनमा बसेका थिए । यो सहित नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस