माघ २९, दाङ । लेखक संघ दाङले दर्जन बढी श्रटाहरुलाई पुरस्कृत गर्ने भएको छ । लेखक संघ दाङको २५ औ साधारण सभा तथा १३ औँ अबिधेसनको अवसरमा दर्जनबढी श्रटाहरुलाई पुरस्कृत गर्ने भएको हो ।
कृष्णराज डिसी संयोजक रहेको प्रतिभा छनोट समितिले विभिन्न व्यतिहरुलाई छनोट गरेको छ । बमशंकर साहित्य पुरस्कारबाट गणेश विषम, नन्दप्रज्ञा पुरस्कारबाट डाः हिमलाल पन्थी, नारायण सल्यानी स्मृति साहित्य पुरस्कारबाट प्रबल विष्ट, द्धारीकानन्द प्रतिभा पुरस्कारबाट वि पी सेडाई, शा।रदा लोहनी स्मृति साहित्य पुरस्कारबाट अर्चितबाबु मर्सिफुललाई पुरस्कृत गर्ने भएको छ । त्यस्तै मञ्जु राणा स्मृति साहित्य पुरस्कारबाट भागवत गौतम (प्रज्ञानक्षु) , टिकाप्रसाद नारायनी स्मृति साहित्य पुरस्कारबाट प्राः स्थानेश्वर गौतम (मरणेपरान्त) कपिलमुनी शिवाकोटी विद्यासाधना साहित्य पुरस्कारबाट सरस्वती पोख्रेल, भरतमनी शारदा देवी साहित्य पुरस्काबाट शेरबहादुर डागी, दुर्गाचित्रा प्रज्ञा पुरस्कारबाट गायत्री घर्ती मगर, तोयाराम ईश्वरादेवी साहित्य पुरस्कार विक्रान्त ज्ञवालीलाई पुरस्कृत गरिने छ ।
त्यस्तै फर्साराम धनकुमारी साहित्य पुरस्कारबाट सृजन लम्साल, मेघराज लक्ष्मीदेवी प्रज्ञा पुरस्कारबाट बासुदेव गौतम , असोक सुभद्रा ककाव्य पुरस्कारबाट डाः नवराज लम्साल, धनबाला साहित्य संगित पुरस्कारबाट बसन्ती चौधरी तथा नित्यानन्दशर्मा साहित्य प्रतिभा पुरस्कारबाटनिलम कार्की निहारिकालाई पुरस्कृत गरिने लेखक संघ दाङका अध्यष खगराज न्यौपानेले जानकारी दिनु भएको छ ।