• २०८३ बैशाख ७ गते सोमवार

१ सय २७ किलो अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, मकवानपुर । प्रहरीले १ सय २७ किलो अवैध लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको १ सय २७ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ वर्षीय किशोर, ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका-९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेका छन् ।

उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकको पछाडी ढालामा फल्स बटम बनाई लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस