पौष, १ काठमाडौँ । फिल्म ‘बन्टी और बब्ली’ निर्माण भएको करिब १४ बर्षपछि यसको सिरिज बन्ने भएको छ ।

उक्त फिल्मको छायांकन आजबाट सुरु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सो सिरिजमा नव–नायक सिद्धान्त चर्तुवेदी र नव–नायिका सरभारीले काम गर्ने पक्का भएको छ ।
‘बन्टी और बब्ली २’लाई वरुण शर्माले निर्देशन गर्दैछन् । जसले चलचित्र ‘सुल्तान र टाइगर जिन्दा हे’मा सहायक निर्देशक भएर काम गरेका थिए ।