• २०८३ कार्तिक २३ गते आइतवार

जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५,कैलाली  ।  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका-८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस