कार्तिक २६, सुनसरी । जिल्लाको कोशी गाउँपालिका–४ मा जिल्ला समन्वय समिति उदयपुरको गाडी र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
आज बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार झापाको पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेको प्रहरीले जनाएको छ ।
जिल्ला समन्वय समिति उदयपुरको स १ झ २६८ नम्बरको गाडी र को ३० प ५३०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका मुखियाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।
सोही दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका १० का ३० वर्षिय योगेश कुमार धिमाल भने गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ ।