• २०८३ बैशाख १६ गते बुधवार

झापा पुगेर विश्वप्रकाश शर्माले गरे क्रियाशील नवीकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ स्थित आफ्नो वडा पार्टी कार्यालय पुगेर क्रियाशील सदस्यता नवीकरण गरेका छन् ।

बुधबार शर्माले आफ्नै वडाको पार्टी कार्यालयमा पुगेर सदस्यता नवीकरण गराएका हुन् ।पार्टीका वडा सभापति उद्धव बानियाँले शर्माको क्रियाशील सदस्यता नवीकरण गराएका थिए ।

नेपाली कांग्रेसले बैशाख महिना भरि क्रियाशील सदस्यता नवीकरण गर्ने जरा अभियान चलाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस