• २०८३ असोज १७ गते शनिवार

बिक्रम आदित्य’ नामक अपराध अनुसन्धानमा आधारित सिरिज रिलिज (भिडियोसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २०, काठमाडौं । बिक्रम आदित्य’ नामक अपराध अनुसन्धानमा आधारित सिरिज रिलिज गरिएको छ । सिरिजमा विभिन्न आपराधिक घटनाहरूको अनुसन्धानका क्रममा एक समूह डिटेक्टिभहरूले भोग्ने चुनौती, षड्यन्त्र र मनोवैज्ञानिक खेलहरूलाई प्रस्तुत गरिएको छ ।

यस सिरिजमा राजेन्द्र भट्ट, मनिष पुडासैनी, कोहिनूर विश्वकर्मा, नारायण बी।के।, पुकार चापागाईं र अजय पन्त मुख्य भूमिकामा देखिएका छन् । प्रत्येक पात्रले अपराध, सत्य र मानव मनोविज्ञान बीचको जटिल सम्बन्धलाई प्रष्ट्याउने प्रयास गरेको देखिन्छ ।

सिरिजको निर्देशन शिव खाँडले गरेका हुन् भने होम प्रोडक्सन्स र कलातन्त्र ब्यानरमा निर्माण गरिएको हो । यसमा छायांकन छुज्यु लामा, सम्पादन अर्जुन तिरुवा र पटकथा स्वर्णिम चाम्लिङ राई रहेको छ ।

‘बिक्रम आदित्य’ सिरिज अहिले ओएसआर डिजिटलमा सार्वजनिक गरिएको छ, जसले नेपाली क्राइम–थ्रिलर विधामा नयाँ दृष्टिकोण, ऊर्जा र सशक्त कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस