• २०८३ जेष्ठ १ गते शुक्रवार

इन्डोनेसियासँग नेपाली महिला फुटबल टिम पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, काठमाडौं ।  नेपाली राष्ट्रिय महिला फुटबल टिमले मैत्रीपूर्ण फुटबल खेलमा इन्डोनेसियासँग हार बेहोरेको छ ।

इन्डोनेसियाले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा आत्मघाती गोलको मद्धतले नेपालले १-० गोलको अग्रता लिएपनि इन्डोनेसियाले दोस्रो हाफमा कमब्याक गर्दै २ गोल गरेर खेल जितेको थियो ।

नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी छैनन् । अब नेपालले अर्को खेल डिसेम्बर २ मा चाइनिज ताइपेइसँग खेल्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस