- विमल भट्टराई /इन्दिरा विश्वकर्मा, सुनवल
कार्तिक ८ सुनवल । पश्चिम नवलपरासीमा रहेको रोशनी किशोरी समुहको आयोजनामा बाल विवाह विरुद्ध वक्तृत्वकला प्रतियोगिता शुक्रबार सरावलमा सम्पन्न भएको छ ।

ए.वि.सि.नेपाल र स्टोम फाउण्डेशनको आर्थिक सहयोगमा शुक्रबार सरावल गाउपालिका ४ अन्र्तगत बुद्धज्योती प्रा.वि.हात्तिवनमा कार्यक्रम सम्पन्न भएको छ । रोशनी किशोरी समुहका अध्यक्ष रिंकु शाहनीको अध्यक्षता तथा सरावल गाउपालिका वडा नं ४ का वडा सदस्य जन्तरी शाहनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जनतामावि मनरी, महेन्द्र मावि सरावल, बुद्धज्योती प्रावि हात्तिवन, रोशनी किशोरी समुह हात्तिवनबाट ५ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । जसमा जनता मावि मनरीका विद्यार्थी कविता कुमारी यादव प्रथम, रोशनी किशोरी समुहका रेखा कुमारी गौण दितिय र महेन्द्रमावि सरावलका राकेश कुमार हरिजन तृतिय भएका छन् ।
कार्यक्रममा बुद्धज्योती प्रा.वि.का प्रधानध्यापक विनोद पाण्डे,जनता मावि मनहिका शिक्षक श्रिराम चौधरी , महेन्द्र मावि सरावलका शिक्षिका हेम कुमारी चौधरी ,बुद्ध ज्योती प्राविका शिक्षक प्रवेग यादव, किशोरकिशोरी संजालका अध्यक्ष संदिप वि.क. ए.वि.सि.नेपालका सहजकर्ता साहिदा निशा पठान , पत्रकार उमेश वि.क.लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा प्रथम,दितीय र तृतीयलाई क्रमश ट्रफी, डायरी र कलम प्रदान गरिएको थियो ।