• २०८३ बैशाख ३१ गते बिहिवार

युवा दिवसको अवसरमा वक्तृत्वकला र देउडा प्रतियोगिता

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन २९ मुगु । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस’ देश भर झै मुगुमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन भन्ने मूल नाराका साथ विहिवार मुगुमा पनि मनाएको हो ।

युवा दिवसको अवसरमा जिल्लामा रहेको एक गैरसरकारी संस्थाले वक्तृत्वकला र देउडा गित प्रतियोगिता गरि २२ औं युवा दिवस मनाएको हो । टि.डि.एज. बि .एम.जेड , जर्मनको आर्थिक सहयोग , हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन , मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा संचालित हिमाली ग्रामिण क्षेत्रमा दिपो जिविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजना अन्तर्गत सोरु गाउपालिका वडा नं १ , २ , र ४ मा दिवस मनाई सरसफाई गर्नुका साथै वक्तृत्वकला , र देउडा प्रतियोगिता पनि गरिएको मालिका सामुदायिक विकास केन्द्र मुगुले जनाएको छ । संस्थाका अनुसार खाद्य प्रणालीमा रुपान्तरण : मानव र भुमण्डलिय स्वास्थ्यका लागि युवा नवप्रवद्धन भन्ने शिर्षकमा वक्तृत्वकला गरिएको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक सुर्य रोकायाले बताए ।

उनका अनुसार उक्त वक्तृत्वकलामा जम्मा १० जनाले सहभागि जनाएका थिए भने समाज सुधार बातावरण संरक्षण युवा क्लवका डिल राज मल्ल प्रथम भएका छन् भने दोश्रो छक्क शाही र तेश्रो अविरल मल्ल रहेको बताए । विजेता लाई स्वास्थ्य सामग्रीको पुरस्कार वितरण गरेको रोकायाको भनाई छ । साथै ६ जना देउडा प्रतियोगितामा बिहानी बातावरण संरक्षण युवा क्लव प्रथम आएको र उनीहरु लाई पनि सोही पुरस्कार वितरण गरेको बताए ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस