• २०८३ भाद्र २३ गते मङ्गलवार

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उहाँले जानकारी बताउनुभयो । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस