• २०८३ जेष्ठ २८ गते बिहिवार

वनमन्त्री शाही र एमसिसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग एमसिसीका सहायक उपाध्यक्ष जोन विङ्गलले भेटवार्ता गर्नुभएको छ ।

मन्त्रायलमा आज भएको भेटवार्तामा मन्त्री शाहीले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । एमसिसी परियोजनाका लागि निरन्तर सहकार्य गरेकामा अमेरिकी सरकारको प्रशंसा गर्दै उहाँले यस सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन र स्तरोन्नतिसहितका राजमार्ग र नेपालमा कनेक्टिभिटी अभिवृद्धि गर्ने सरकारको प्रयास साकार हुनलागेको उल्लेख गर्नुभयो । यस परियोजनाको कार्यान्वयनले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनुका साथै एकआपसमा विश्वास थपेको उल्लेख गदै मन्त्री शाहीले प्रसारणलाइन परियोजनाले नेपालको आन्तरिक विद्युत् आपूर्तिलाई मात्र नभई नेपाल र भारतबीच विद्युत् व्यापारलाई पनि सहज बनाएको बताउनुभयो ।

उहाँले नेपालको बिजुलीलाई बाँकी एसियासँग जोड्नेमा विश्वास व्यक्त गर्नुभयो । सहायक उपाध्यक्ष विङ्गलले एमसिसी परियोजनाको कार्यान्वयनबारे चासो व्यक्त गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस