• २०८३ कार्तिक १ गते शनिवार

क्यानडाले जित्यो टस, नेपालले पहिले बलिङ गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३१, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेलमा क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। यससँगै नेपालले पहिले बलिङ गर्ने भएको छ।

विश्वकप लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा सीधै स्थान बनाउने नेपालको सम्भावना समाप्त भइसकेको छ। अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य लक्ष्य बनेको छ।

आजको खेलमा जित हासिल गरे नेपालले अंकतालिकामा शीर्ष ६ भित्र आफ्नो स्थान सुरक्षित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनेछ। त्यसैले क्यानडाविरुद्धको यो खेल नेपालका लागि महत्वपूर्ण रहेको छ।

नेपालले बलिङमा कस्तो प्रदर्शन गर्छ र ब्याटिङमा लक्ष्य पछ्याउँदै कस्तो नतिजा निकाल्छ भन्नेमा समर्थकको चासो रहनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस