• २०८३ जेष्ठ १६ गते शनिवार

एन्फा महिला लिगमा आर्मीले वालिङलाई ८ गोलले हरायो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले वालिङलाई आठ–शून्य गोलले हरायो ।

आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै विमला विके र अमिशा कार्कीले समान २ गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पायो ।

यो जीतसँगै आर्मी ८ खेलमा १९ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । वालिङ ८ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस