• २०८३ बैशाख २७ गते आइतवार

दोहोरो अंकले बढ्यो नेप्स

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ९, काठमाडौँ । आज कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरु बढ्दा नेप्से परिसूचक १५ दशमलव ८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २१ अंकले बढेर ४ सय ७६ दशमलव ६० अंकमा पुगेको छ । यस अघि बुधबार नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको थियो ।

कारोबार रकम भने ६ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ७५ हजार १ सय ८ कारोबारबाट २१४ कम्पनीका १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ । बिहीबार विशाल बजार कम्पनी, महिला लघुवित्त, सिन्धु विकास बैंक लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएका छन् । त्रैमासिक वित्तीय विवरण समेत नबुझाएको भन्दै ३ महिना अघि विशाल बजारको सेयर कारोबार नेप्सले रोक्का गरिदिएको थियो ।

३ महिनापछि कारोबार खुल्दा विशाल बजारको सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रति कित्ता ३ हजार १ सय ६८ रुपैयाँ पुगेको छ । आईपीओ सूचीकृत भएपछि लगातार बढ्दै आएको महिला लघुवित्तको सेयर मूल्य पनि आज ९.९७ प्रतिशतले वृद्धि भएर १ हजार ९ सय ४२ रुपैयाँ पुगेको छ ।

कम्पनी घाटामा देखिएको वित्तीय विवरण सार्वजनिक भएसँगै यसको सेयर मूल्य पनि घट्न सुरु भएको थियो । बिहीबार प्रति कित्ता ५० रुपैयाँ घटेर २ हजार १ सय ३५ रुपैयाँमा झरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस