• २०८३ जेष्ठ ७ गते बिहिवार

जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौं- गृहमन्त्री लामिछाने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताएका छन् । गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशिल रहेको बताउदै जीबी राईलाई नेपाल ल्याउन कानुनी कठिनाइ भैरहेको बताएका छन् ।

उनले जीबी राई पक्राउको विषयमा आफुपनि व्यग्रप्रतिक्षामा रहेको बताउदै छिटै उनलाई नेपाल ल्याइने बताएका हुन् । उनले अदालत र राहदानी विभागले जीबी राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको संसदमा बताएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस