• २०८३ बैशाख ७ गते सोमवार

सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, काठमाडौं । पूर्वसांसद रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ । सरकारले पूर्वसांसद चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारीका साथ सो प्रस्ताव राष्ट्रपति कार्यालय पुर्याएको हो ।

टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।

यस विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस