फागुन १५, सुर्खेत । प्रहरी जवान(प्राविधिक) को परीक्षामा सहभागि एकजना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जुम्ला कनकासुन्दरी गाउँपालिका–८ का २३ बर्षीया लक्ष्मीप्रसाद सन्ज्याललाई पक्राउ गरेको । उनी आफ्ना भाइ २० बर्षीया अग्निप्रसाद सन्ज्यालको ठाउँमा प्रशिक्षार्थीको रुपमा सहभागि बनेका थिए ।
वीरेन्द्रनगर नगरपालिका–७ स्थित श्री कृष्ण माध्यमिक विद्यालय ईत्राम परीक्षा केन्द्रमा प्रहरी जवान (प्राविधिक) सञ्चारतर्फको परीक्षा भइरहेको छ । उनले परीक्षा दिँदै गर्दा लोकसेवा आयोगबाट खटिएको अनुगमन टोलीले पत्ता लगाएको थियो । प्रहरीका अनुसार अग्निलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।