• २०८३ बैशाख ७ गते सोमवार

उपत्यकामा तीन हजार ३४९ थपिए, ६७ सङ्क्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ३४९ जना सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ४५८, ललितपुरमा ५५६ तथा भक्तपुरमा ३३५ जना सङ्क्रमित थपिएका हुन ।

हाल उपत्यकाका तीन जिल्लामा ४२ हजार ४०४ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा ३० हजार ४५२, ललितपुरमा सात हजार ६१ तथा भक्तपुरमा चार हजार ८९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म एक लाख २७ हजार ४८४ जना कोरोनामुक्त भएका छन् । ललितपुरमा १९ हजार ५३९ तथा भक्तपुरमा दश हजार ८०३ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ६७ जनाको सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा ४८ जना, ललितपुरमा ११ जना र भक्तपुरमा आठ जना कोरोना सङ्क्रमितको पछिल्लो चौबीस घण्टामा मृत्युको पुष्टि भएको छ । काठमाडौंमा हालसम्म एक हजार ५५, ललितपुरमा २८३ तथा भक्तपुरमा २०९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस