• २०८३ जेष्ठ १६ गते शनिवार

बिहीबारको संसद् बैठकको कार्यसूचिमा एमसीसी राखियो, छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, काठमाडौं। बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल हुने भएको । संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषयमा छलफल प्रस्तुत हुने उल्लेख छ ।

संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजे बस्दै छ । बैठकमा अर्थमन्त्री जनादैन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने जनाएको छ ।

‘अर्थ मन्त्री जनार्दश शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।’ संघीय संसदको महासचिव डा। भरतराज गौतमले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस